यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२३ बैशाख २०८२, मंगलवार ०६:३६

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरीददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरीददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८७ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरीददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरीददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा कायम भएको छ।

थाई भाट एकको खरीददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ।

साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ८२ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्विडिस क्रोनर एकको खरीददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरीददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरीददर १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरीददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरीददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरीददर ३४९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसा रहेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*