बिल गेट्स र बिनोद चौधरीबीच भेटवार्ता, के के भयो छलफल ?

२३ बैशाख २०८२, मंगलवार १६:०७

काठमाडौँ ।  सिङ्गापुरमा आयोजित ‘फिलान्थ्रपी एशिया एलायन्स–२०२५’ सम्मेलनको सन्दर्भमा नेपालका उद्यमी तथा सांसद विनोद चौधरीले विश्वविख्यात परोपकारी व्यक्ति बिल गेट्ससँग भेट गरेका छन्। मंगलबार सम्पन्न भेटमा नेपालमा विद्यमान स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका चुनौतीबारे गम्भीर छलफल भएको थियो। चौधरीले सामाजिक सञ्जालमार्फत भेटका झलक सार्वजनिक गर्दै गेट्स फाउन्डेसनप्रति नेपालमा पुर्‍याइएको योगदानको लागि आभार व्यक्त गरेका छन्।

सन् २०७२ को भूकम्पदेखि कोभिड–१९ महामारीसम्म चौधरी फाउन्डेसन र गेट्स फाउन्डेसनबीच रहेको सहकार्यको स्मरण गर्दै उनले आगामी दिनमा उक्त सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। बालपोषणका क्षेत्रमा चौधरी फाउन्डेसनले सञ्चालन गरेको ‘बलियो नेपाल’ अभियान र त्यसमा गेट्स फाउन्डेसनको सहभागिता विशेष चर्चा भएको थियो।

भेटमा नेपालमा गेट्स फाउन्डेसनले अन्य देशहरूमा सफलतापूर्वक कार्यान्वयन गरेका स्वास्थ्य र रोजगारीसँग सम्बन्धित कार्यक्रमहरू लागू गर्ने सम्भावनाबारे छलफल गरिएको थियो। चौधरीले नेपालमा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि आफू नेतृत्व गरेको संस्थाले भूकम्प र महामारीका बेला निभाएको भूमिकालाई पनि बैठकमा स्मरण गराएका थिए।

‘फिलान्थ्रपी एशिया एलायन्स–२०२५’ सम्मेलनमा विश्वभरिका प्रतिष्ठित नेताहरू, परोपकारी संस्था प्रमुखहरू तथा नीति निर्माता सहभागी थिए। सम्मेलनले एशियामा दिगो विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा परोपकारी क्षेत्रको भूमिकालाई सुदृढ गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*