एनसेलद्वारा वार्षिक २५ अर्बको राजश्व घोटाला, संसदमा उठ्यो एजेण्डा

काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहन बस्नेतले एनसेलले वार्षिक २५ अर्ब रुपैयाँ रावश्व घोटाला गरीरहेको खुलासा गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद बस्नेतले एनसेलले विभिन्न बाटोबाट ठगी गरेर वार्षिक अर्बौ रुपैयाँ रावश्व छलिरहेको बताएका हुन् ।
नेपालीहरुबाट ठगिएको त्यो २५ अर्ब रुपैयाँको राजश्व उठाउन सकेको भए आजसम्म ५० भन्दा बढी ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरु बनिसक्ने सांसद बस्नेतको भनाइ छ । उनले एनसेलले गरेको कर्तुत विरुद्ध सूरुवाती चरण देखि नै विरोध गरीरहेको कारण आफुमाथी खत्रा बढ्ने संकेत गरेका छन् ।
उनले भने, ‘विश्वका अधिकांश देशहरुले टेरामक्स लागु गरेर राजश्व संकलन गर्न सफल भएका छन् । तर यहाँ नेपालमा सरकार तथा अर्थमन्त्रालय समेत एनसेलको प्रभावमा परेर टेरामक्स लागु गर्नबाट पछि हटिरहेको छ । जसले गर्दा एनसेलले वार्षिक २५ अर्ब रुपैयाँ घोटाला गरीरहेको छ।’

‘एनसेलले टेरामक्स लागु हुन नदिन सरकार, अर्थमन्त्रालय, राजनीतिक दलका नेता, पत्रकार तथा विभिन्न सम्बन्धित निकायहरुलाई प्रयोग गरी हाम्रै २५ अर्ब रुपैयाँमा जति चाह्यो त्यति खर्च गरीरहेको छ । यसमा सरकार जहिले मौन बनेको छ ।’
सांसद बस्नेतले एउटा मात्र यस टेलिफोन प्रदायक संस्थालाई ठिक ठाउँमा राख्न सक्यो भने वार्षिक ५ अर्ब रुपैयाँका ५ वटा राष्ट्रिय गौरवका आयोजनाहरु बन्ने भन्दै सरकारलाई चुनौति दिएका छन् ।
‘सरकारलाई राजश्व बुझाउने बेलामा यसले कहाँ–कहाँ शेयर बिक्री गर्ने, का–का के–के गर्ने, ठूला भनौदा नेताको घरमा एनसेलका मान्छेहरु पुग्ने गरेका छन् । त्यस्तो खालको अवस्था छ । यस्ता राजश्व उठ्ने ठाउँहरु धेरै छन् । त्यो कुरालाई पत्ता लगाएर राजश्व उठाउन सकेको अवस्थामा हामीले विदेशी बैंकहरुसँग ऋण माग्दै हिड्नु पर्दैन ।’













