एमाले नेता प्रदीप नेपालको निधन
२३ बैशाख २०८२, मंगलवार १७:५५

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए । लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्री नेपाल रोगले च्यापेपछि भने राजनीतिबाट बाहिरै थिए । उनको जन्म २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा भएको थियो। उनी पछिल्लो समय काठमाडौंको गोठाटारमा बस्दै आएका थिए ।













