भारतद्वारा पाकिस्तानमाथि भिषण हवाई आक्रमण, उल्टै भारतले गुमायो पाँच हाईटेक फाइटर जेट

२४ बैशाख २०८२, बुधबार १०:३३

काठमाडौं । १५ दिन अघि भारत प्रशासित कास्मिर पर्यटकीय स्थलमा भएको आतंकवादी हमलाको जवाफमा भारतले आज विहानको राति पाकिस्तानमाथि भिषण हवाई हमला गरेको छ । भारतले पाकिस्तान प्रशासित कास्मिर तथा अन्य पाकिस्तानी जमिन समेत नौ स्थानमा सैन्य हमला गरेको हो ।

घटनामा कम्तीमा ३० जनाको निधन भएको छ भने दर्जनौं घाइते भएका छन् । आज विहानै भएको सो आक्रमणलाई भारत अप्रेशसन सिन्दुर नाम दिएर चलाएको थियो । भारतले पाकिस्तानका बहालकोट, सियालकोट, गुलपुर, भिमबेर, कोटली, बाघ लगाउतका ठाउँमा हवाई आक्रमण गरेको हो । मध्यराति १२ बजेदेखि भारतले आक्रमण सुरु गरेको थियो । भारतले आतंकवादी संगठनका नेता जैस इ मोहम्मदको हेडक्वाटर, लस्करे तोएवाको सैनिक हेडक्वाटरमाथि आक्रमण गरेको जनाएको छ ।

तर, पाकिस्तानसँगको पहिलो दिनकै युद्धमा ठूलो क्षति व्यहोर्नु परेको चर्चा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा भइरहेको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद असिफले भारतले गरेको सैन्य आक्रमणको कडा प्रतिवाद गरिएको जनाउँदै पाँच वटा लडाकु जहाजलाई ध्वस्त पारिएको दावी गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले तीन वटा रफेल जेट, एक वटा सुखोई सु ३० र एक वटा मिग २९ लडाकु जहाजलाई ध्वस्त पारेको दावी गरेका छन् । सिएनएनले भारत नियन्त्रित कास्मिरमा खसेको एक वटा जहाजको टुक्रा फ्रान्सेली जहाज रफेलसँग मेल खाएको समाचार प्रकाशित गरेको छ ।

फ्रान्समा निर्मित रफेल लडाकु जहाज समेत प्रयोग गरेर पाकिस्तानमाथि गरेको आक्रमणमा भारतले पाँच वटा लडाकु जहाज गुमाएको छ । आज भारतले गुमाएको भनिएको पाँच वटा लडाकु जहाज मध्ये तीन वटा फ्रान्समा निर्मित रफेल जहाज रहेको सिएनएनले जनाएको छ । तीन वटा रफेल जहाजको मूल्य करिब ७५ अर्ब भन्दा बढि हुनेछ । पाँच जहाजको कूल्य मूल्य भारु एक खर्बभन्दा बढि पर्ने जनाइएको छ ।

आणविक शक्ति सम्पन्न दुई राष्ट्रका बीचमा भएको युद्धपछि संसारभरबाट प्रतिक्रिया आइरहेको छ । पाकिस्तानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा प्रतिरक्षाको अधिकार रहेको जानकारी गराएको छ । पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले पाकिस्तानमाथि भारतले गरेको कायरतापूर्वक हमलाको उचित जवाफ दिने जनाएका छन् ।

इरानले भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई घटाउन प्रयास गरिरहेका बेला भारतले पाकिस्तानमाथि आक्रमण गरेको हो । इरानी विदेशमन्त्री आजै भारत आउने कार्यक्रम रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*