बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

२४ बैशाख २०८२, बुधबार १०:३६

काठमाडौँ । नेपाली बजारमा पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८९ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा स्थिर छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*