पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक: चीन

२४ बैशाख २०८२, बुधबार ११:१९

काठमाडौँ । चीनले पाकिस्तान र पाकिस्तान-प्रशासित काश्मिरमा भारतले हालै सञ्चालन गरेको सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ। बुधबार एक वक्तव्य जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको बिहानैको आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् र दुबै देशलाई तनाव बढ्न नदिई संयम अपनाउन आग्रह गरेका छन्।

‘हामी जारी परिस्थितिप्रति चिन्तित छौं। भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् र उनीहरू चीनका पनि छिमेकी हुन्’ प्रवक्ताले भने, ‘चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुबै पक्षलाई शान्ति र स्थायित्वका लागि आत्मसंयम अपनाउन, उक्साउने कार्य नगर्न र अवस्था झन् जटिल नबनाउने कार्यबाट टाढा रहन आग्रह गर्छौं।’

भारतीय वायु सेनाले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पीओकेमा रहेका नौ वटा लक्ष्यमा क्षेप्यास्त्र आक्रमण गरेको थियो।

चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*