आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना
२५ बैशाख २०८२, बिहीबार १०:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बिहीबार साँझका लागि बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने कार्यक्रम तय गरिएको छ।
सरकारी स्रोतका अनुसार बैठकको मुख्य एजेण्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय रहेको छ। यसका अतिरिक्त बैठकमा भारत–पाकिस्तानबीचको पछिल्लो तनावपूर्ण अवस्थाबारे छलफल हुनेछ भने आगामी आर्थिक वर्षको बजेट तयारीको प्रारम्भिक अवस्था, सरकारका विभिन्न तर्फबाट भइरहेका नीतिगत तथा कार्यक्रमगत कार्यान्वयनको समिक्षा र समसामयिक राजनीतिक विषयहरूमा समेत गहन विचार–विमर्श हुने बताइएको छ।













