घलेम्दी हाइड्रोको खुद नाफा साढे २ करोड, यस्तो छ समग्र वित्तीय अवस्था

२६ बैशाख २०८२, शुक्रबार १०:५७

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीको मुनाफा खुद नाफा घटेपनि ब्याज आम्दानी, विद्युत बिक्री मुनाफा लगायतका सूचांकमा बृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीले दुई करोड ४६ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी ७ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी छ करोड ८० लाखबाट बढेर आठ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च ७ करोड ९५ लाखबाट घटेर ५ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, ब्याज आम्दानी पनि बढेर २ करोड ९३ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नोक्सानी घटेको हो । १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २३ करोड ४१ लाख रुपैयाँले ऋणात्मक छ । इपीएस १.४९ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९६.८१ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*