पल्सर मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु
२८ बैशाख २०८२, आईतवार ११:२४

काठमाडौँ । शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका–१ लोकाहा जंगलमा मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका दाजुभाइको ज्यान गएको छ।
लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भइ आफैँ दुर्घटना हुँदा कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वरी दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।













