नौ महिनामा १५ खर्ब रुपैयाँको अन्तर–बैंक कारोबार

२८ बैशाख २०८२, आईतवार १७:४२

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरुको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३१ खर्ब ८६ अर्ब ४४ करोड र अन्य वित्तीय संस्थाहरुको ३ खर्ब २१ अर्ब ६० करोड गरी कुल ३५ खर्ब ०८ अर्ब ४ करोडको अन्तर बैंक कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*