तेस्रो त्रैमासमा अब्बल देखियो सानिमा जिआईसी इन्स्योरेन्स: मुनाफा १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८२ तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २३ करोड ३५ लाख रूपैयाँ खुद नाफा गरेको छ ।
गत आवको यसै अवधिसम्म २० करोड ९ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने खुद नाफा १६.२१ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.३१ प्रतिशतले बढ्दा खर्च भने ४.८७ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ९४ करोड ७७ लाख रूपैयाँबाट बढेर १ अर्ब २ करोड ६४ लाख पुग्दा खर्च भने ६६ करोड ६ लाख रूपैयाँबाट बढेर ६९ करोड २८ लाख रूपैयाँ नाघेको छ ।

गत वर्ष ४९ करोड ४३ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष ०.२० प्रतिशतले बढेर ४९ करोड ५२ लाख रूपैयाँमा पुगेको छ ।
चुक्ता पूँजी २ अर्बरूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ३५ लाख रूपैयाँ र जगेडा कोषमा २८ करोड ९६ लाख रूपैयाँ सञ्चिति रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १५.५७ रूपैयाँले छ भने प्रतिशेयर नेटवर्थ १५८.३२ रूपैयाँ रहेको छ।













