सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुलको अध्यक्षथामा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा वार्षिक सभा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८०–८१ प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले सञ्चालक समिति तथा अन्य समिति तथा उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गरेको छ ।
सभाले प्रबन्धपत्र र नियमावली संशोधनमा सम्बन्धित निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गरेको छ ।













