सुन्धारामा दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

२९ बैशाख २०८२, सोमबार १७:५८

काठमाडौँ । सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल दुघैटनामा परेका छन् । दुबै सवारी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।

बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको हो । उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*