सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ करोड, अन्य सूचकमा कस्तो छ प्रगति ?

३० बैशाख २०८२, मंगलवार ०६:५३

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा केहि घट्न पुगेपनि अन्य सूचक सकारात्मक नै देखिएको छ ।

चालु आवको कम्पनी ९ महिनामा ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो । कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २४.०३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ९५ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ५०.७१ प्रतिशतले बढेको हो ।

यता, कम्पनीको आम्दानी२ अर्ब १५ करोड रुपैयाँबाट ०.०८ प्रतिशतले बढेर २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । खर्च भने १७.१६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

यसअवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यता, महाविपत्ती कोष १२.०५ प्रतिशतले बढेर २१ करोड ९ लाख रुपैयाँ र जगेडा कोष ३७ प्रतिशतले घटेर६८ करोड ४८ लाख रुपैयाँ सन्चिति रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१.५५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३.७२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*