चैतसम्मको दाबी भुक्तानी लिन आईजीआई प्रुडेन्सियलको आग्रह
७ जेष्ठ २०८२, बुधबार ०७:५१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत मसान्तसम्म परेको दाबी निवेदन बापतको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।
बीमितहरूले विभिन्न मितिमा दिएको दाबी निवेदनमा केहीमा कागजात अपुग रहेको त केही बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ।
त्यस्तो बीमितलाई अबको ३५ दिनभित्र अपुग कागजात पेश गरेर वा कम्पनीको सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।
तोकिएको म्यादभित्र पनि बीमितले प्रक्रिया अघि नबढाएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।













