सानिमा जीआईसीले तीनदिने अभिकर्ता तालीम सञ्चालन गर्ने
९ जेष्ठ २०८२, शुक्रबार ०७:४६

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले यही जेठ २० देखि २२ गतेसम्म तीनदिने निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ।
यसमा प्लस टू गरेकाले तालीम लिन पाउने छन्। यसका लागि शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको ४ प्रति फोटो, प्यान कार्ड र व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्नेछ।
संस्थागत बीमा अभिकर्ताको तालीम लिन चाहनेले पनि आवश्यक कागजात पेश गरी तालीम लिन सक्ने कम्पनीले जनाएको छ।
तालीम जेठ २० देखि २२ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। अभिकर्ताको लाइसेन्सका लागि परीक्षा अनिवार्य भएकाले जेठ २२ गते परीक्षा सञ्चालन गरिने कम्पनीले जनाएको छ।
तालीम भौतिक रूपमा कम्पनीको केन्द्रीय कार्यालयमा हुनेछ भने जूमबाट अनलाइन तालीम पनि सञ्चालन हुने बताएको छ।













