सलिको इन्स्योरेन्सको लोगो उल्लेखित झण्डा सगरमाथामा फहरियो

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लोगो उल्लेखित झण्डा सर्बोच्च शिखर सगरमाथामा फहरिएको छ । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले सगरमाथा आरोहरणको क्रममा सलिकोको लोगो उल्लेखित झण्डा सगरमाथामा फहराएकी हुन् ।
कलाकार कबिता नेपालीले सर्वोच्च शिखर सगरमाथा र विश्वकै चौथौ अग्लो हिमाल लोत्सेको सफल आरोहण गरेकी छिन् । उनले सगरमाथा आरोहणको क्रममा आफ्नो इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई चयन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले बीमा साझेदरको रुपमा आफुलाई रोजेपछि धन्यवाद व्यक्त गर्नुका साथै कालाकार कविता नेपालीको महिला सशक्तिकरणको भावना र निडरताको तारिफ गरेको छ ।
अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन् । उनले आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेकी थिइन् ।













