बाँदर लाग्ने ठाउँमा तरुल, बेसार, चिया, खुर्सानी खेतीमा सरकारको प्रोत्साह गर्ने घोषणा

१५ जेष्ठ २०८२, बिहीबार १५:५०

काठमाडौँ । सरकारले बाँदरको जोखिम रहेका क्षेत्रमा सिमल, तरुल, बेसार, चिया कफी, अदुवा खुर्सानी लगायतका खेती गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ ।

संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो उल्लेख गरेका हुन् ।

बाँदर बदेल निलगाई जस्ता जंगली जनावरबाट खेतीबालीमा हुने नोक्सानी कम गर्न नियन्त्रणका उपाय अबलम्बन गरिने र पुष्प उत्पादनलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*