बढेन ईभी गाडीको कर
१५ जेष्ठ २०८२, बिहीबार १७:२९

काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् ।
यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए ।












