यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२० जेष्ठ २०८२, मंगलवार ०७:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.३२ रूपैयाँ र बिक्रीदर १३६.९२ रूपैयाँ कायम गरिएको छ।

युरोपियन युरो एकको खरीददर १५५.७२ रूपैयाँ र बिक्रीदर १५६.४० रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८४.५८ रूपैयाँ र बिक्रीदर १८५.४० रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६६.७७ रूपैयाँ र बिक्रीदर १६७.५१ रूपैयाँ तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८८.४१ रूपैयाँ र बिक्रीदर ८८.८० रूपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९९.४९ रूपैयाँ र बिक्रीदर ९९.९३ रूपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०५.९९ रूपैयाँ र बिक्रीदर १०६.४५ रूपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर ९.५६ रूपैयाँ र बिक्रीदर ९.६० रूपैयाँ, चिनियाँ युआन एकको खरीददर १८.९३ रूपैयाँ र बिक्रीदर १९.०२ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.३४ रूपैयाँ र बिक्रीदर ३६.५० रूपैयाँ, कतारी रियाल एकको खरीददर ३७.४१ रूपैयाँ र बिक्रीदर ३७.५७ रूपैयाँ रहेको छ।

थाइ भाट एकको खरीददर ४.१९ रूपैयाँ र बिक्रीदर ४.२१ रूपैयाँ, युएई दिराम एकको खरीददर ३७.११ रूपैयाँ र बिक्रीदर ३७.२८ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.०३ रूपैयाँ र बिक्रीदर ३२.१७ रूपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर ९.९१ रूपैयाँ र बिक्रीदर ९.९५ रूपैयाँ, स्विडिस क्रोनर एकको खरीददर १४.३४ रूपैयाँ र बिक्रीदर १४.४० रूपैयाँ, डेनिस क्रोनर एकको खरीददर २०.८७ रूपैयाँ र बिक्रीदर २०.९६ रूपैयाँ निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरीददर १७.३८ रूपैयाँ र बिक्रीदर १७.४६ रूपैयाँ, कुवेती दिनार एकको खरीददर ४४४.७३ रूपैयाँ र बिक्रीदर ४४६.६९ रूपैयाँ, बहराइन दिनार एकको खरीददर ३६१.६१ रूपैयाँ र बिक्रीदर ३६३.२० रूपैयाँ, ओमानी रियाल एकको खरीददर ३५४.१० रूपैयाँ र बिक्रीदर ३५५.६६ रूपैयाँ कायम भएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*