ह्वात्तै बढ्यो सुन र चाँदीको मूल्य, अब प्रतितोला कति?
२० जेष्ठ २०८२, मंगलवार १०:३५

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ। यस दिन सुन तोलामै २ हजार ९०० रूपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँमा किनबेच भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामै ५५ रूपैयाँले वृद्धि भएर प्रतितोला २ हजार ४५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९९० रूपैयाँमा कारोबार भएको थियो।











