प्रतिनिधि सभा बैठक दिउँसो २ बजेसम्मका लागि सारियो
२० जेष्ठ २०८२, मंगलवार १३:४५

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्ने समय सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो ।
विपक्षी दलहरुले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् ।
यसअघि बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो।











