विपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्म स्थगित
२२ जेष्ठ २०८२, बिहीबार १७:४२

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। निर्धारित समयभन्दा निकै ढिला सुरू भएको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले अवरुद्ध पारेका हुन्।
सभामुख देवराज घिमिरेले नियमित सदन अवरुद्ध हुँदा काम कारबाही प्रभावित भएको र बजेटका विषयमा पनि छलफल हुन नसकेको भन्दै ध्यानाकर्षण गराए।
लगातारको अवरोधपछि बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।













