पाथिभरामा केवलकार निर्माण पुनः सुरु, केवलकार खारेजी पक्षधरको आन्दोलनसँगसँगै

२४ जेष्ठ २०८२, शनिबार ११:५१

काठमाडौं । चर्को विवादका बीचमा ताप्लेजुङको काफ्लेपाटीमा पाथिभरा केवलकारको निर्माण कार्य पुनः सुरु गरिएको छ । मुक्कुम्लुङ संघर्ष समितिले केवलकार खारेजी अभियान सञ्चालन गरिरहेकै समयमा केवलकार निर्माता कम्पनीले पाँच दिन अघिदेखि निर्माण कार्य सुरु गरेको स्थानीय एक प्रत्यक्षदर्शीले बीमापोष्टलाई जानकारी दिएका छन् ।

पाथिभरामा केवलकार विरोध स्थानीय आदिबासीहरुले यही जेठ ३१ र असार १ गते बृक्षारोपण गर्दैछन् । सो समयमा भिडन्त हुने प्रबल सम्भावना बढेर गएको छ । विरोधका स्वरलाई गोलीले दमन गर्दै आएको पाथिभरादेवी दर्शन केवलकार प्रा.लिले काफ्लेपाटीमा रहेको स्टेशनमा काम सुरु गरेको हो ।

पाथिभरामा केवलकार निर्माण गर्ने नाममा पाथिभरादेवी दर्शन केवलकार प्रा.लि.द्वारा संरक्षित गुण्डा, ताप्लेजुङ जिल्लास्थित सुरक्षाकर्मीलाई समेत दुरुपयोग गरी निर्मम र आततायी दमनमार्फत आधा दर्जनलाई गम्भिर घाइते बनाइसकेको सो विवादित परियोजना पुनः सुरु भएको हो ।

ताप्लेजुङ र संखुवासभा, भोजपुर, तेह्रथुमदेखिका जनता पाथिभरास्थित मुक्कुम्लुङ संघर्ष समितिको नाममा एकीकृत आन्दोलन भइरहेको छ । स्थानीय आदिबासीको भावना विपरित पाथिभरादेवी दर्शन केवलकार कम्पनीले पुनः निर्माण सुरु गरेपछि कुनै पनि बेला भिषण रक्तपात हुने गरी भिडन्त हुनसक्ने देखिएको छ । पाथिभरा केवलकारमा ताप्लेजुङका सांसद योगेश भट्टराई समेत विवादमा पर्दै आएका छन् ।

यसअघि सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशले रोकिएको निर्माण कार्य सर्वोच्च अदालतसम्म सेटिङ हानेर पुनः अल्पकालिन अन्तरिम आदेश हटाएर व्यापारिकको पक्षमा सजिलो हुने गरी आदेश जारी भएको थियो । सर्वोच्चबाट बाटो खुलेपछि सरकार, न्यायालय समेतको सेटिङ र प्रहरी सुरक्षाकर्मीको दमनमा पाथिभरामा केलकार निर्माण कार्य पुनः सुरु गरिएको हो ।
फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*