दाङमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते

२५ जेष्ठ २०८२, आईतवार १६:१०

काठमाडौं । दाङको तलुसीपुर–इमिलिया सडकखण्डमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।

गोलटाकुरीबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ४००१ नम्बरको बस आज बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया भन्ने स्थानमा दुर्घटना भएको हो ।

बसमा सवार २१ यात्रुहरु घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट बखरियामा विद्यार्थी पुर्‍याएर फर्किरहेको रा १ त ८७० नम्बरको बसलाई उछिन्न खोज्दा यात्रुबाहक बस चिप्लिएर सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*