गोलभेँडाको भाउ आकासियो, अरू तरकारीको कति?

२६ जेष्ठ २०८२, सोमबार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ २६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार लोकल सानो गोलभेँडाको भाउ एकैदिन किलोमा करीब ५० प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको छ भने सानो गोलभेँडा टनेलको पनि ४३ प्रतिशतले बढेर ८० रुपैयाँ प्रतिकिलोे औसत मूल्य कायम भएको छ।

त्यस्तै आज लौकाको भाउ पनि ४८ प्रतिशतले बढेर ३६ रुपैयाँ पुगेको छ भने रायो सागको भाउ पनि ४५ प्रतिशतले बढेर ३६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। आज काँक्रो, जिरीको साग, कुरीलो, हरियो प्याज, भिण्डी, घिरौला, भटमासकोशा, भन्टा, काउली, बन्दा लगायतको भाउ बढेको छ।

हिजो र आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*