साझा यातायातको बसले कारलाई हान्यो, एकजना घाइते
२६ जेष्ठ २०८२, सोमबार १४:२९

काठमाडौं । ललितपुरको कुपण्डोलमा बस र कार दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन् । बागमती प्रदेश ०१–०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किएर दुर्घटनामा परेका हुन् । बसको ठक्करबाट कार चालक घाइते भएकी छिन् ।
दुर्घटनाबाट कारमा रहेकी चालक रचना बाँस्कोटा घाइते छिन्। उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।













