विपक्षीको अवरोधपछि आधा घण्टालाई सदन स्थगित

२६ जेष्ठ २०८२, सोमबार १५:४०

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् । दलीय आधारमा बोल्न दिने र बैठकको गाँठो फुकाउन सभामुखले गरेको आग्रहलाई सांसदहरूले अस्वीकार गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् ।

नियमित कार्यसूचीमा सदनलाई लैजान दलहरूलाई सहमतिको लागि भन्दै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*