यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७० रुपैयाँ र बिक्रीदर १३७.३० रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.०६ रुपैयाँ र बिक्रीदर १५६.७४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.३४ रुपैयाँ र बिक्रीदर १८६.१६ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६६.५९ रुपैयाँ र बिक्रीदर १६७.३२ रुपैयाँ रहेको छ।
अष्ट्रेलियन डलर एकको खरीददर ८९.१८ रुपैयाँ र बिक्रीदर ८९.५७ रुपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९९.९२ रुपैयाँ र बिक्रीदर १००.३६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०६.३३ रुपैयाँ र बिक्रीदर १०६.८० रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ, चिनियाँ युआन एकको खरीददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ कायम गरिएको छ।
थाइ भाट एकको खरीददर ४.१८ रुपैयाँ र बिक्रीदर ४.२० रुपैयाँ, युएई दिराम एकको खरीददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.३१ रुपैयाँ र बिक्रीदर ३२.४५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी स्विडिस क्रोनर एकको खरीददर १४.२२ रुपैयाँ र बिक्रीदर १४.२८ रुपैयाँ, डेनिस क्रोनर एकको खरीददर २०.९२ रुपैयाँ र बिक्रीदर २१.०१ रुपैयाँ, हङकङ डलर एकको खरीददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.४९ रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरीददर ४४६.०५ रुपैयाँ र बिक्रीदर ४४८.०१ रुपैयाँ, बहराइन दिनार एकको खरीददर ३६२.५५ रुपैयाँ र बिक्रीदर ३६४.१४ रुपैयाँ, ओमानी रियाल एकको खरीददर ३५५.०९ रुपैयाँ र बिक्रीदर ३५६.६५ रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाएको छ।











