आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा छूट

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटी बीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशत सम्मको छूट दिने सम्झौता भएको छ।
यस सम्झौता पश्चात यही जुन १ देखि डिसेम्बर ३१ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छूट पाउनेछन्। रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ ।
एससीटी–यूपीआई कार्ड नभएकाले पनि यस अफरमा सहभागी हुन नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड लिन सकिने जनाएको छ।











