तोलामा १३ सयले बढ्यो सुनको भाउ

२८ जेष्ठ २०८२, बुधबार १०:४१

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ। यस दिन सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*