सवैधानिक परिषदको नियुक्ति सम्बन्धि निर्णय सर्यो, सर्वोच्चले असार १८ गते निसु गर्ने

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब सर्वोच्च अदालतले असार १८ मा निसु गर्ने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति २० दिन सरेको हो ।
उक्त मुद्दामा गत जेठ १ गते सुनुवाइ सकिएपछि बुधबारका लागि निर्णय सुनाउने मिति तोकिएको थियो । सोही बमोजिम बुधबार प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलास तोकिएसँगै अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर दिनभर सम्बन्धित न्यायाधीशहरूबिच छलफल चलेको थियो ।
तर, ६ घण्टा छलफलपछि आज फैसला नहुने निर्णय भएको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । न्यायाधीशहरूबिच राय बाझिएकाले आज फैसला नआएको हुनसक्ने कानुनविद्हरूको भनाइ छ ।













