दुई संसदीय समितिको बैठक आज बस्दै

२९ जेष्ठ २०८२, बिहीबार ०८:४९

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक र दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागको हो।

बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाबारे छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*