प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२९ जेष्ठ २०८२, बिहीबार ०८:५८

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजेदेखि शुरू हुनेछ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्ने कार्यसूची पनि रहेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि पनि रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*