थापाथलीमा टेम्पोको ठक्करबाट ट्राफिक प्रहरी घाइते

२९ जेष्ठ २०८२, बिहीबार १३:२१

काठमाडौं । काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी एक ट्राफिक प्रहरी जवान टेम्पोको ठक्करबाट घाइते भएकी छन्।

बिहीबार बिहान ९ः४० बजे त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाँदै गरेको टेम्पोले उनलाई ठक्कर दिंदा घाइते भएकी हुन्।

‘बा १ घ ४१८८’ नम्बरको टेम्पोले ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट घाइते शाहलाई तत्काल उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। साथै टेम्पो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*