भारतको अहमदाबादमा एयर इन्डियाको यात्री विमान दुर्घटनाग्रस्त
२९ जेष्ठ २०८२, बिहीबार १४:४४

काठमाडौं । भारतको गुजरातमा पर्ने अहमदाबादमा एयर इन्डियाको एउटा यात्री विमान दुर्घटनाग्रस्त भएको छ।
दुर्घटना स्थलबाट कालो धूवाँको मुस्लो उडिरहेको देखिएको छ भने दमकलहरू त्यसतर्फ गइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
कैयौं भारतीय सञ्चारमाध्यमहरूमा उक्त विमानमा सयौं यात्री भएको विवरणहरू प्रकाशित भएका छन्। यद्यपि यकीन विवरण आउन भने बाँकी नै रहेको छ।











