एयर इन्डिया विमान दुर्घटनाः भग्नावशेषबाट ५० शव निकालियो, घाइतेलाई हस्पिटल लैजान एम्बुलेन्सलाई मात्र बाटो खुल्ला

२९ जेष्ठ २०८२, बिहीबार १५:५६

काठमाडौं । गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्यसँगसँगै जारी रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ।

घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेका घाइते तथा अन्य यात्रुहरूको खोजीलाई तीव्र पारेका छन्। विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए। लन्डनका लागि उडान भरेको केही मिनेटमै विमान दुर्घटनामा परेको थियो।

अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यही विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*