ह्वात्तै बढेर सुनको मूल्य २ लाख नजिक

३० जेष्ठ २०८२, शुक्रबार १०:२५

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। यस दिन सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यता चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँका दरले कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*