पाटनसहितका ४ उच्च अदालतमा मुख्य न्यायाधीशका लागि नाम सिफारिस

३० जेष्ठ २०८२, शुक्रबार १२:४०

काठमाडौं । न्याय परिषदले पाटन उच्च अदालत सहितका ४ वटा उच्च अदालतमा रिक्त मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि लागि ४ जनाको नाम सिफारिस गरेको छ।

न्याय परिषदको शुक्रबार बसेको बैठकले राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई सिफारिस गरेको हो।

परिषदले उच्च अदालत विराटनगरमा भट्टराई, उच्च अदालत पाटनमा कुँवर, उच्च अदालत सुर्खेतमा भण्डारी र उच्च अदालत तुलसीपुरमा तिवारीलाई सिफारिस गरेको हो।

यसअघि भट्टराई उच्च अदालत जनकपुर, कुँवर पाटन, भण्डारी ओखलढुंगा र तिवारी तुलसीपुर इजलासमा कार्यरत थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*