स्थानीय तहका पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण १० दिनभित्र दिन निर्देशन

३० जेष्ठ २०८२, शुक्रबार १२:५८

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीले गरेको विदेश भ्रमणको विवरण १० दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयको विकास सहायता समन्वय शाखाले जेठ २८ गते बुधबार एक सूचना जारी गर्दै सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका सहित जिल्ला समन्वय समितिलाई विवरण उपलब्ध गराउन भनेको हो।

मन्त्रालयले भ्रमण गरेको देश, अवधि, उद्देश्य, निमन्त्रणा गर्ने निकाय, भ्रमणका लागि मनोनयन गर्ने पदाधिकारी तथा निकाय सहित भ्रमणको खर्च व्यहोर्ने स्रोत समेत सबै खुलाएर विवरण पठाउन भनेको छ।

Notices-2025061216201371

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*