सत्ता र प्रमुख विपक्षीबीचको २ बुँदे सहमति, एक्लियो रास्वपा
३० जेष्ठ २०८२, शुक्रबार १६:५४

काठमाडौं । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति गरेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित २ साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।
सहमतिमा सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् । संसद अवरोध कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी भने एक्लो बनेको छ । सत्ता पक्षले रास्वपा, राप्रपा लगायतका पार्टीसँग हालसम्म कुनै सम्झौता गरेका छैनन् ।














