नौकुण्ड गाउँपालिकामा बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

१ असार २०८२, आईतवार ११:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नौकुण्ड गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा जेठ २७ गते जनप्रतिनिध, स्थानीय तहका कर्मचारी तथा आम नागरिकको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त प्रसाद बोहराले नेपाल बीमा प्राधिकरणको परिचय, बीमाको उद्देश्य, बीमाको तथ्थांक, बीमामा स्थानीय सरकारको भुमिका, नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई गर्ने सहयोग र सहकार्यकोबारेमा प्रस्तुतिकरण दिएका थिए । साथै, नेपाल बीमा प्राधिकरणका सहायक प्रथम बिजय लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्र बहादुर गलान्ले गाउँपालिकामा बीमाको दायरा कम देखिएतापनि बीमाको महत्वलाई आत्मसाथ गरी दायरा विस्तारमा आफुले गर्नुपर्ने कर्तव्य पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । साथै, उनले कृषि बीमामा देदिएका समस्यामा दोहोरो अनुदान, दावी भुक्तानी आदिमा संघ र नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर समाधान गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका उप–निर्देशक रबिन्द्र श्रेष्ठले विभिन्न पालिका तथा प्रदेशहरुले सुरु गरेका बीमा कार्यक्रमहरुको प्रकास पार्दै असल अभ्यासलाई यस पालिकाले पनि अवलम्बन गर्न सकेको खण्डमा न्युन आय र पिछडिएका जनताले आफ्नो जीवन तथा सम्पत्तिको सहजै आर्थिक क्षतिपुर्ति पाउने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*