पिपुल्स पावरको हकप्रद शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
१ असार २०८२, आईतवार १७:०८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर मूल्य समायोजन गरेको छ ।
आइतबारको अन्तिम कारोबार मूल्य ४९१.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ३६१.१३ रुपैयाँ कायम भएको छ ।
अब सोही मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ ।













