राजस्व छलीको आरोपमा ‘नेपाल क्यान मुभ’ विरुद्ध विभागको एक अर्बभन्दा बढीको मुद्दा

१ असार २०८२, आईतवार १८:५८

काठमाडौँ ।  राजस्व अनुसन्धान विभागले लजिस्टिक सेवा प्रदायक कम्पनी ‘नेपाल क्यान मुभ प्रा.लि.’ विरुद्ध कर छलीको गम्भीर अभियोगसहित एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको दाबी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ। विभागले आइतबार दायर गरेको मुद्दामा कम्पनीका सञ्चालक र शेयरधनीहरूलाई समेत प्रतिवादी बनाइएको छ।

विभागका अनुसार कम्पनीका सिइओ गंगाबहादुर थापा, उपकार्यकारी निर्देशक संगम पौडेलसहित शेयरधनीहरू जीवन ज्ञवाली, सुदीप आचार्य, मनिषप्रसाद आचार्य र मिठु पौडेलमाथि कूल ६८ करोड ४४ लाख रुपैयाँ बराबरको राजस्व छलीको दोषसहित सोही रकम बराबरको जरिवाना माग गरिएको छ। थप कारवाहीस्वरूप उनीहरूमाथि तीनदेखि पाँच वर्षसम्मको कैद सजायको मागसमेत दर्ता गरिएको छ।

विभागको अनुसन्धानले कम्पनीले सन् २०७६/७७ देखि नियमित सेवा बिक्री लुकाउँदै आएको पत्ता लगाएको छ। उनीहरूले आफ्नो कारोबार एनसिएम पोर्टलमार्फत हुने भए पनि त्यसलाई तोडफोड गरेर म्यानुअल बिलिङमार्फत वास्तविक कारोबार ढाकछोप गरेका थिए।

सेवा बिक्रीको तथ्याङ्क गोप्य राख्न कम्पनीले आफ्ना अनलाइन सर्भरहरू नेपालबाहिर अस्ट्रेलियामा राखेको समेत खुलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*