भोटेकोशीमा बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह
४ असार २०८२, बुधबार १३:२४

काठमाडौं । असार ३ देखि ७ गतेसम्म चीनबाट बग्दै आउने भोटेकाशीमा बाढी आउने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्क रहन आग्रह गरेको छ।
तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने र सोको कारण भोटेकोशीमा बाढी आउन सक्ने सूचना चीनको प्रहरी कार्यालयले पठाएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन भनेको हो।
कार्यालयले भोटेकाशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन आग्रह गरेको छ।












