सुनका गहनामा लगाइएको विलासी कर र भन्सार महसुल खारेजी माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुन तथा सुनका गरगहनामा लगाइएको विलासी कर तथा भन्सार महसुल खारेजी वा नियमन गरिदिन भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासीता कर र हिरा तथा वहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने घोषणा गरेको छ । सरकारको यस्तो घोषणाले आम उपभोक्ताहरु मर्कामा पर्ने भन्दै मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बजेट बाट उक्त बुँदा हटाउन माग स्वरुप प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको हो ।
सुन तथा सुनको गरगहनामा लगाइएको करको दर सम्बन्धमा र सुनचांदी तथा सुनचांदीको गरगहना सम्बन्धमा नियमन गर्नको लागी मञ्चले सरकारको ध्यानाकर्षण गर्दै २०८२।०३।०१ मा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको थियो ।













