आज फलफूल तथा तरकारीको भाउ कति?

५ आश्विन २०८२, आईतवार ०८:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी समितिले सार्वजनिक गरेको मूल्य अनुसार लोकल घिउ सिमी १०० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, परवर ६५ रुपैयाँ, घिरौला ६० रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ र पिंडालु ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यस्तै इस्कुस १० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, लोकल काँक्रो ७० रुपैयाँ र अम्बा ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*