पानी परेपछि मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन कठिन

५ आश्विन २०८२, आईतवार ०९:१५

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबारदेखि गएको पहिरो हटाउने काम आज बिहानदेखि सुरु भएको छ।

तर निरन्तर पानी पानी परिरहेकाले काम गर्न कठिन भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सडकको दुबै तर्फबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ। तर वर्षा र फेरि–फेरि पहिरो खसिरहँदा काम अघि बढाउन गाह्रो भएको हो।

३६ घण्टादेखि सडक अवरुद्ध छ। मौसम अनुकूल भए केही घण्टामै यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*