बाढी पहिरोका कारण ६ वटा राजमार्ग पूर्णरूपमा बन्द
५ आश्विन २०८२, आईतवार ०९:२८

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण ६ वटा मुख्य राजमार्गका विभिन्न स्थान पूर्णरूपमा बन्द भएको छ भने ५ वटा राजमार्ग एकतर्फी सुचारु गरिएको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान ९ बजेसम्म कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, अरनिको राजमार्ग, नारयणगढ–मुग्लिन सडकखण्ड, बेनी–दरवाङ सडक खण्ड र जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा बन्द भएको छ।
यता गल्छि त्रिशूलीदेखि मैलुङ स्याफ्रु सडक, कालीगण्डकी करीडोर, पूर्व–पश्चिम राजमार्ग, मध्य पहाडी लोकमार्ग र पाल्पा गुल्मी सडकखण्ड भने एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ।














